NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

स्तरोन्नतिपछि मनकामना केबलकार सञ्चालनमा

मुग्लिङ । मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ सम्म बन्द गरिएको केबलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । यसअघि चैत ३१ बाट सञ्चालन गरिने जनाइए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । सञ्चालनको २३ वर्ष पूरा भएको मनकामना केबलकारको तीन चरणमा स्तरोन्नति गरिँदै छ । यस अवधिमा केबलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार ६ दिन बन्द गर्ने सूचना जारी गरिएकोमा निर्धारित समयअगावै काम सकिएपछि आजदेखि नै सञ्चालन गरिएको उनले बताए । पहिलो चरणको स्तरोन्नति गरिँदै । तस्बिर सौजन्य : मनकामना दर्शन प्रालि नायब महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिएको छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उनले बताए । २ वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केबलकार सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । (रासस)