NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

गोली प्रहारबाट शिक्षकको हत्या

ताप्लेजुङकाे मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा गाेली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। जालपादेवी आधारभूत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको बिहीबार साँझ हत्या भएको प्रहरीले जानकारी दिएकाे छ। गाेली प्रहार गरेकाे आराेपमा आकाश लिम्बूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ राखिएको ‍छ। घटनामा प्रयोग भएको भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले बताएको छ।