NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

काेराेना बढेपछि भारतमा चुनावी सभामा प्रतिबन्ध

भारतमा काेराेना भाइरसकाे संक्रमण तीव्र रुपमा बढेपछि निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजनामा राेक लगाएकाे छ। चुनावी अभियानका क्रममा दल र उम्मेदवारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पाइएपछि आयाेगले यस्ताे कदम चालेकाे हाे। भारतका राज्यहरूमा यो वर्ष शृङ्खलावद्ध चुनाव हुँदैछ। भारतको सर्वोच्च अदालतले सरकारलाई अक्सिजन तथा अत्यावश्यक औषधिको चरम अभावलाई सम्बोधन गर्न राष्ट्रिय योजना बनाउन निर्देशन दिएको छ। आलोचना खेपिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियान रद्द गरेको बताइएको छ।