NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

वामदेवले ओलीलाई साथ नदिने, ‘म तपाईंसँग आउन सक्दिन’ भनेर डिनर मिटिङबाट हिँडे

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपाध्यक्ष बामदेव गौतमले साथ नदिने भएका छन्। बिहीबार भएकाे डिनर मिटिङ गाैतमले २८ फागुनका निर्णय फिर्ता लिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए। तर, ओलीले ती निर्णय फिर्ता नलिने बताएपछि गाैतम ‘त्यसाे भए म तपाईँसँग आउन पनि सक्दिन’ भन्दै बाहिरिएका थिए। याे जानकारी गौतमको सचिवालयले दिएकाे हाे। गौतमले आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाे फेसबुकमार्फत् सार्वजनिक गरेको कुराकानीको अंश यस्ताे छ : हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गतेतपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए । वामदेव गौतम १० वैसाख २०७८