NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भारत : कोभिड सेन्टरमा आगलागी, आईसीयूमा उपचाररत १३ बिरामीको मृत्यु

मुम्बई । अस्पतालमा आगो लाग्दा भारतमा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । महाराष्ट्र राज्यको पालघर जिल्लाको विरारस्थित विजय वल्लभ अस्पतालको कोभिड सेन्टरमा आज बिहान आगो लाग्दा आईसीयूमा उपचाररत १३ बिरामीको मृत्यु भएको विरार नगर निगमले पुष्टि गरेको हो। समाचार संस्था पीटीआईले पनि प्रहरीलाई उद्धृत गर्दै कम्तिमा १३ बिरामीको मृत्यु भएको जनाएको छ । आगलागीबाट घाइते बिरामीको नजिकको अर्को अस्पतालमा सारिएको छ । २ दिनअघि मात्रै महाराष्ट्रको नासिकस्थित एक कोरोना अस्पतालमा अक्सिजन लिक हुँदा २२ बिरामीको ज्यान गएको थियो ।