NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

वामदेवलाई भित्र्याउँदै ओलीले माधव समूहविना नै एमालेमा बनाए नयाँ स्थायी कमिटी

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफ्नो पक्षका मात्र १७ जना नेतालाई सहभागी गराएर नयाँ स्थायी कमिटी बनाएका छन् । ओलीले शुक्रबार वालुवाटारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट असन्तुष्ट नेपाल पक्षविना नै स्थायी कमिटी बनाएका हुन् । नयाँ स्थायी कमिटीमा वामदेव गौतम समेटिएका छन् । माओवादीबाट एमाले पुगेका नेताहरुलाई पनि स्थायी कमिटीमा समावेश गरिएको छ । केही सदस्य पछि थप्ने निर्णय पनि बैठकले गरेको छ । यी हुन् स्थायी कमिटीका १८ जना के पी ओली, वामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा बादल, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी , मणि थापाा, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कडेंलमहासेठ, रिमाल, बादल, रायमाझी, भट्ट र थापा स्थायी कमिटीमा थपिएका हुन् ।