NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आक्रोशित हुँदै बालुवाटारबाट बाहिरिएकी भगवती चौधरी भन्छिन् : जिल्ला इन्चार्ज नदिए ओली क्याम्पमा फर्किन्नँ

काठमाडौं । बालुवाटारमा बसेको एमालेकाे दसौं महाधिवेशन आयोजक कमिटी बैठकबाट भगवती चौधरी आक्रोशित हुँदै बाहिरिएकी छिन् । विजयकुमार गच्छदारसँग थोरै मतले परातिज भएकी चौधरीले सुनसरी जिल्ला इन्चार्ज मागेकी थिइन् । तर जगदीश कुशवाहलाई इन्चार्ज बनाएपछि उनी आक्रोशित हुँदै बालुवाटारबाट बाहिरिएकी हुन् । ‘एमालेको दुई हजार भोट नभएको ठाउँमा विजयकुमार गच्छदारसँग भिड्दै झण्डै ३९ हजार भोट ल्याएँ तर, आज मलाई उपेक्षा गर्दै जिल्ला इन्चार्ज दिइएन’ बालुवाटार बैठक बहिष्कार गरेकी चौधरीले नेपालवाचसँग भनिन्, ‘सुनसरी जिल्ला इन्चार्ज नदिए म केपी ओली समूहमा फर्किन्नँ ।’आफूसँग योग्यता, क्षमता र हजारौं कार्यकर्ता भए पनि पार्टीले मूल्यांकन नगरेको उनले बताइन् । ‘योग्यता क्षमता र निरन्तर रुपले ओली खेमा भनेर नवौं महाधिवेशनमा खटेर लागें, सहयोग गरें’ चौधरीले भनिन्, ‘मैंले इन्चार्ज मागेको थिएँ तर, नदिएपछि म त्यहाँ बस्न सकिनँ ।’ आफ्नो पक्षमा जिल्ला र देशैभर हजारौ कार्यकर्ता रहेको दाबी गर्दै उनले सुनसरी जिल्लाको टिमले नै ओली समूह छोड्ने चेतावनी दिइन् । आफ्ना सहपाठीलाई अरु जिल्लामा इन्चार्ज बनाइएको भन्दै आफूलाई बेवास्ता गरिएको उनको भनाई छ । २०७४ सालमा भएको निर्वाचनमा चौधरी सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदारसँग थोरै मतले पराजित भएकी थिइन् । गच्छदार ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा ३२१ मतले पछि पर्दै चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन् । गच्छदारले सो चुनाव धाँधली गरेर जितेको आरोप उनले लगाएकी थिइन् ।