NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

लामो समयदेखि पीडित धामीको दार्चुला जिल्ला अस्पतालमै सफल उपचार

काठमाडौं । जिल्ला अस्पताल दार्चुलामा चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । डा. आर्दश लिम्बू नेतृत्वको टोलीले नौगाड गाउँपालिका–४ का १७ वर्षीय गोविन्दसिंह धामीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । पेट दुख्ने, ज्वरो आउने भएको लामो समय भएपछि धामी उपचारका लागि अस्पताल आउँदा उनमा एपेन्डिसाइटिसको समस्या देखिएको थियो । जिल्ला अस्पताल दार्चुलाका डा. आदर्श लिम्बु, एनेस्थेसिया सहायक बागेश्वरप्रसाद मिश्र, डा. देवेन्द्र नेगी, स्क्रब नर्स लक्ष्मी धामीलगायत टोलीले एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । अहिले आएर लिम्बू नेतृत्वको टोलीले एक पटक पुनः जिल्लामै सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पताल दार्चुलाका नायब सुब्बा आनसिंह डागाले जानकारी दिए । धामीको जिल्लामै सफल शल्यक्रिया भएपछि बिरामीका आफन्त पनि खुसी भएका छन् । ‘सफल शल्यक्रिया हुनु भनेको जिल्लामै पनि स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ भन्ने हो,’ उनले भने । अस्पतालका अनुसार पछिल्लो तीन महिनामा गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ भने हर्निया, हाइड्रोसिल र हार्डजोर्नीको पनि सफल शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ । आर्थिक अभावले बाहिर लग्न सक्ने अवस्था नभएपछि परिवारको सहमतिमा नै जिल्लामै अप्रेशन गरिएको हो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित दार्चुलालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ आज दार्चुलालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिद्वारा आज महाकाली नगरपालिकाको सभाहलमा आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला भएको घोषणा गरे । सो अवसरमा प्रदेशसभा सदस्य बोहराले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, ‘सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।’ जिल्ला समन्वय समिति तथा जिल्ला पूर्ण खोप समन्वय समिति दार्चुलाका संयोजक करवीरबहादुर कार्कीेले दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नमा सबै स्थानीय तहका जनप्रतिनिधि र सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताए । जिल्लाका नौवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए ।