NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नेपाल सुपरलिग आजदेखि, सात फ्रेन्चाइज टिम सहभागी

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पहिलो पटक फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हुन लागेको लिगको उद्घाटन खेलमा उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा गर्न लागेको प्रतियोगितामा नेपालका सात शहरको नामबाट फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ः३० बजे सुरु हुने एन्फाले जनाएको छ । कोरोनाको बढ्दो प्रभावका कारण सुपर लिग दर्शविहीन हुने भएको छ । क्लोजर डोरमा हुने खेल हेर्नका लागि दशरथ रंगशालामा दर्शकले प्रवेश पाउने छैनन् । विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच प्रतिस्पर्धा सुरु भएपछि नै नेपाली पुटबलमा एउटा नयाँ परीक्षण हुनेछ । प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक आयोजना हुन लागेको एनएसएलको विजेताले नगद ३५ लाख पुरस्कार पाउने भएका छन् । यस्तै उपविजेताले नगद १५ लाख पाउनेछन् । यस्तै विधागत उत्कृष्ट हुने गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षककोले नगद १–१ लाख प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताए । यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना राइजिङ खेलाडीले पनि पुरस्कार पाउनेछन् । सिंगल राउण्ड रोविनका आधारमा हुने एनएसएलको फाइनल खेल जेठ १ गते हुनेछ ।