NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

संक्रमितलाई आउन नदिन निरोगीलाई नै अस्पताल भर्ना !

काठमाडौं । भारतको नोयडा र ग्रेटर नोयडा क्षेत्रका निजी अस्पतालमा बिना कारण मानिसहरुलाई भर्ना गरिएको पाइएको छ । कोरोना संक्रमितलाई बेड नदिनका लागि निजी अस्पतालले कुनै समस्या नै नभएका मानिसहरुलाई बिरामीका रुपमा भर्ना गरेर राखेको पाइएको छ । गौतम बुद्ध नगरको जिल्ला प्रशासनले शुक्रबार अनुगमनका क्रममा निजी अस्पतालमा बिरामी नै नभएरका मानिसलाई बेडमा भर्ना गरेको भेटाएको हो । अनुगमनपछि प्रशासनले यस्ता अस्पताललाई कारबाही गर्न निर्देशन दिएको छ । कोभिडका बिरामी नआउन् भन्ने उद्देश्यले निजी अस्पतालले बिरामी नै नभएका मानिसलाई ल्याएर बेडमा भर्ना गरिएको पाइएको छ । प्रशासनले अनुगमनपछि करिब दुईसय भन्दा बढी बेड खाली गराएको छ । मेडिकल अफिसर दीपक ओहरीको नेतृत्वमा स्वास्थ्य विभागको टिमले गौतम बुद्ध नगरका कैयौं निजी अस्पतालहरुमा अनुगमन गरेको थियो । जहाँ निजी अस्पतालका व्यवस्थापकले बिना कुनै लक्षण देखिएका मानिसलाई बिरामीका रुपमा बेडमा भर्ना गरिएको पाइएको हो । यस्तै अनुगमनका क्रममा कैयौं निजी अस्पतालका प्रबन्धकले अक्सिजन र औषधि सकिएको अफवाह फैलाएको पनि पाइएको छ । डीएमले यस्तो अफवाह फैलाउने अस्पतालविरुद्ध कडा कारबाही गर्ने आदेश दिएको छ । अनुगमनका क्रममा अफवाह फैलाउने र कुनै लक्षण नै नदेखिएका मानिसलाई बिरामीका रुपमा भर्ना गरेको पाइएका अस्पताललाई आज कारबाही गरिने बताइएको छ । गौतम बुद्ध नगर प्रशासनका सूचना अधिकारी राकेश चौहानका अनुसार जिल्ला अधिकारी सहास एलवाईले शुक्रबार अनलाइन बैठक बसालेर अस्पतालविरुद्ध कारबाहीको घोषणा गरेका छन् । एजेन्सी