NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २० गते

कोरोना संक्रमितमा अक्सिजन ‘लेभल’ कम हुँदा देखिन्छन् यस्ता लक्षण

काठमााडौं । कोरोना भाइरसको नयाँ भेरिएन्टको चपेटामा आएका बिरामीका लागि भेन्टिलेटरभन्दा बढी अक्सिजन थेरापीको आवश्यकता भइरहेको छ । यही कारण नै अहिले कोरोनाले प्रभावित देशमा अक्सिजनको कमी भइरहेको छ । अक्सिजन कमीकै कारण अस्पतालमा उपचाररत बिरामीले ज्यान गुमाइरहेका छन् । नेपालमा पनि पछिल्लो केही सातायता कोरोना भाइरसका संक्रमितको संख्यामा भारी बढोत्तरी भएको छ । बढी संक्रमित देखिएका जिल्लाका अस्पतालहरुमा बिरामी राख्ने ठाउँ पनि छैन । अस्पतालमै अक्सिजन अभावको स्थिति नेपालमा पनि सिर्जना हुन थालेको छ । यस्तोमा अब होम आइसेलनमा उपचार गराइरहेका बिरामीका लागि बढी चिन्ताको विषय बनेको छ । तर, अक्सिजन कमी हुँदा कस्ता लक्षणहरु देखिन्छन् भन्ने जान्न पनि जरुरी छ । ताकि समय रहँदै बिरामीलाई अस्पताल लैजान सकियोस् । भारतमा अक्सिजन अभावका कारण बिरामीको ज्यान जान थालेपछि चिकित्सकहरुले पहिले नै सावधानी अपनाउनका लागि महत्वपूर्ण सुझावहरु दिएका छन् । समय रहँदै बिरामीमा अक्सिजन लेभल कम भएको वा नभएको जानकारी पाउन चिकित्सकले महत्वपूर्ण सुझावहरु साझा गरेका छन् । दिल्ली एललएमस का डाइरेक्टर रणदीप गुलेरियाले होम क्वारेन्टाइनमै उपचार गराइरहेका बिरामीलाई समय–समयमा अक्सिजन स्याचुरेसन जाँच गर्नुपर्ने बताएका छन् । यसका लागि पल्स अक्सीमिटर नामको एक डिभाइस पाइन्छ । त्यसलाई हातको औंलाममा लगाएर जाँच गरिन्छ । रिडिङका क्रममा यसको लेभल ९४ भन्दा बढी देखाएमा खतरामुक्त भएको संकेत मानिन्छ । यदी यो लेभलभन्दा कम देखिएमा सावधानी अपनाउनुपर्ने हुन्छ । यदि तपाईंसँग यो उपकरण छैन भने नजिककैको मेडिकलबाट पनि लिन सक्नुहुन्छ । चिकित्सकका अनुसार कोरोना भएपछि बिरामीमा तिव्र गतिमा अक्सिजनको कमी हुन थाल्छ । यदि जाँचका क्रममा एसपीओ–२ को लेभल ९४ देखि १०० बीच हन्छ भने स्वस्थ भएको संकेत हो । तर, ९४ भन्दा तल हुँदा यसले हाइपोक्सेमियालाई उत्पन्न गर्न सक्छ । जसमा कैयौं तरिकाका समस्या देखिन थाल्छन् । यदि अक्सिजनको लेभल ९० भन्दा तल गएको पाइयो भने बिरामीका लागि सबैभन्दा खतराको अवस्था मानिन्छ । यस्तो पाइएमा तत्काल बिरामीलाई अस्पतालमा भर्ना गर्नु आवश्यक हुन्छ । यदि तपाईंको अक्सिजन लेभल ९१ देखि ९४ बीचमा रहन्छ भने यसलाई हरेक घण्टा जाँच गरिराख्नुहोस् । यसलाई घरमै प्रोनिङ एक्सरसाइज गरेर पनि नियन्त्रणमा ल्याउन सकिन्छ । यो अभ्यास जमिनमा उल्टो पल्टेर गर्न सकिन्छ । कस्ता लक्षण देखिए अस्पतालमा भर्ना गर्नुपर्छ ? अनुहारको रंगमा परिवर्तन देखिए विशेषज्ञका अनुसार शरीरमा अक्सिजनको कमी हुँदा अनुहारको रंग फिक्का हुनुका साथै ओठमा निलोपन देखिन थाल्छ । यसलाई स्यानोसिस भनिन्छ । चिकित्सकका अनुसार स्वस्थ्य अक्सीजेनेटेड रगतले हाम्रो छाला रातो या गुलावी हुन्छ । तर, अक्सिजनको कमी हुँदा अनुहारको छालमा फिक्कापन देखिनुका साथै ओठको रंग पनि निलो हुन थाल्छ । छाती तथा फोक्सोमा दुखाई अचानक तिव्र गतिमा अक्सिवजनको लेभल गिर्नुले कोरोनाका बिरामीमा छाती दुख्ने, स्वाश फेर्न गाह्रो हुने, छातीमा दवाव महशुस हुने, लगातार खोकी लाग्नु, छटपटाहट महशुस हुने र तिव्र गतिमा टाउको दुख्ने हुन थाल्छ । यदि यस्ता लक्षण कोरोना संक्रमितमा देखिए तत्काल बिरामीलाई अस्पताल भर्ना गर्नु आवश्यक हुन्छ । एजेन्सीकाे सहयाेगमा