NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

परिवारमा कोरोना संक्रमणपछि आईपीएलका बाँकी खेल नखेल्ने अश्विनको घोषणा

नयाँदिल्ली । भारतीय क्रिकेटर रवीचन्द्रन अश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन् । परिवारका सदस्यमा कोरोना सङ्क्रमण भएको र यस्तो अवस्थामा उनीहरुलाई साथ, सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् । स्पिनर अश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् । ‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो,’ अश्विनले ट्विटमा लेखेका छन् । दिल्ली क्यापिटल्सले अश्विनको निर्णयप्रति समर्थन जनाएको छ । यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोरोना सङ्क्रमणकाे कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् । (रासस/एएफपी)