NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भेरी अस्पतालमा स्वास्थ्य मन्त्रालयबाट ८० स्वास्थ्यकर्मी पठाइने

काठमाडौं । कोरोना कहरको चपेटामा आएको बाँकेको भरी अस्पतालमा स्वास्थ्य मन्त्रालयले ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ । मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । अनुगमनपछि त्यहाँको अवस्थाबारे जानकारी मन्त्रालका स्वास्थ्य विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले गराएका थिए । उनले बाँकेमा तत्काल स्वास्थ्यकर्मी र औषधिको आवश्यकता रहेको जानकारी गराएपछि मन्त्रालयले स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । यस्तै कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बनाउन सामग्री दिने निर्णय भएको छ ।