NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भिस्तारा एयरमा डाक्टर र नर्सलाई ‘फ्रि’ टिकट

काठमाडौं । भारतमा यतिबेला कोरोना महामारीले भयावह रुप लिएको छ । कोरोना महामारीको प्रकोप कम नभए पनि चिकित्सकहरू निरन्तर सेवामा खटिएका छन् । यही बेला भारतको वायुसेवा कम्पनी भिस्ताराले नयाँ योजना ल्याएको छ । कम्पनीले अस्पतालमा काम गरिरहेका डाक्टर तथा नर्सलाई देशभर कतै पनि जाने अवश्यक्ता परेमा निशुल्क सेवा दिने भएको छ । एयरलाइन्सले भारतको नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गर्दै सहयोग गर्ने बताएको हो । कम्पनीले ‘फ्रन्ट लाइन’ मा खटिने चिकित्सकलाई एकबाट अर्को ठाउँमा जानका लागि सुविधा दिने व्यवस्था मिलाउने भएको हो । काम पूरा भइसकेपछि त्यहाँबाट फर्काएर गन्तव्यमा पु¥याउने जिम्मा पनि एइरलाइन्स आफैंले लिने भएको छ । महामारीमा सहयोग गर्दै भारतको अर्को वायुसेवा कम्पनी स्पाइजेट र इन्डिगोले डोमेस्टिक फ्लाइटको टिकटमा समय या तारिख बदल्नका लागि अतिरिक्त शुल्क नलिने फैसला गरेको थियो । इन्डिगोले गत ३० अप्रिल र स्पाइइजेटले १५ मेसम्म नयाँ बुकिङको चार्ज नलिने जनाएका छन् । कोरोनाका कारण भारतको धेरै ठाउँमा भएको लकडाउनका कारण कम्पनीले यस्तो फैसला गरेको हो । महामारी रोकथामका लागि भारतले विमानस्थलमा पनि कडाई सुरु गरेको छ । विमानस्थलमा प्रोटोकोल मिचेको पाइएमा जरिवाना लगाउने नियम ल्याइएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५४ हजार ५ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधीमा २ हजार ८ सय ६ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै आइतबार २ लाख १८ हजार ५ सय ६१ जना संक्रमणबाट निको भएका छन् ।