NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भारतबाट अक्सिजन आउँछ भनेर ढुक्क भएर बस्यौं, तर त्यहाँबाट नआएपछि अहिले हाहाकार मच्चियो : गौरव शारडा

अक्सिजन अभाव र यसको आपूर्ति सम्बन्धमा यसअघि सरकारले चासै दिएन । सबैले हामीलाई महामारीको दोस्रो लहर आउँदा मात्रै खोजे । यसअघि कसैलाई चासो थिएन । स्वास्थ्य मन्त्रालयले एक साताअघिमात्र यस विषयमा परामर्शका लागि हामीलाई बोलाएको हो । नेपालमा तरल अक्सिजन बनाउने एउटै उद्योग छैन । ट्रमा सेन्टरमा एउटा ट्याङ्की राखिएको छ, तर त्यसले उत्पादन गर्दैन । यस्तो हुँदा पनि स्वास्थ्य मन्त्रालयले हामीसँग एकपटक पनि परामर्श लिन जरुरी ठानेन । भारतबाटै तरल अक्सिजन आउँछ भन्नेमा ढुक्क भएर आफ्नो उत्पादनमा ध्यान नै दिइएन । अहिले त हाहाकार मच्चिहाल्यो । यो अवस्थामा तयार रहन सरकारले कुनै तयारी नै गरेन । न त हामीसँग कुनै माग नै ग-यो । अहिले पनि सरकारका अधिकारी कसैले हाम्रो फोन उठाइरहेका छैनन् । १६ गतेबाट लकडाउन हुन्छ । हामीलाई पास चाहिन्छ । कसले दिने पास ? चाहिएको बेलामा याद गरियो तर पूर्व तयारीमा मतलब गरिएन । १६ महिनाअघि मात्रै काठमाडौंमा भएका तीनवटा अक्सिजन प्लान्ट बन्द भए, बजार नपाएर । यसबारे खोजी नै भएन । अहिले अक्सिजन होइन सिलिन्डरको अभाव छ । ठूलो मात्रामा सिलिन्डर बजारमा होल्ड भएका छन् । अहिले ती सिलिन्डर खोजिरहेका छौं । तर, पर्याप्त परिमाणमा भेट्न सकेका छैनौं । यसबारे सरकारले ध्यान दिनुपर्दैन ? हाम्रो उद्योगलाई सरकारले अलिकति मात्रै प्रोत्साहन दिएको भएपनि आज यो अवस्था आउने थिएन । अस्पताल र व्यक्तिगत रुपमा कसैले पनि अनावश्यक रुपमा सिलिन्डर राखिदिए हामीलाई पु¥याउन गाह्रो हुन्छ । मागअुनसार हामी अक्सिजन सिलिन्डर वितरण गर्न सक्छौं तर त्यही अनुसार सिलिन्डर फिर्ता पनि आउनप-यो । अहिलेसम्म काठमाडौंभित्र प्रतिदिन आठ हजार सिलिन्डर अक्सिजन ग्यास उत्पादन हुन्छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म दैनिक ६ हजार सिलिन्डर अक्सिजन ग्यासको आवश्यक्ता हुन सक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयको मागअनुसारको माग हामी मजाले धान्न सक्छौं । हाल काठमाडौं उपत्यकाभित्र आठ वटा अक्सिजन ग्यास उद्योग चालु अवस्थामा छ । काठमाडौं बाहिर १८ वटा छ । त्यसमा केही उद्योग बन्द अवस्थामा छन् । अहिलेसम्म मुख्य चुनौती नै सिलिन्डर हो । हामीसँग अक्सिजन बनाउने पर्याप्त क्षमता छ । स्वास्थ्य मन्त्रालयले जति पनि माग गरेको छ त्यसको अनुपातमा आपूर्ति गर्न सक्छौं तर यहाँ समस्या नै सिलिन्डरको छ । भारतमा महामारी फैलिएसँगै उतैतिर माग बढेको छ त्यसकारण त्यहाँबाट सिलिन्डरको आपूर्ति गर्न सकिरहेको छैन । चीनबाट पनि सिलिन्डर आउन कम्तीमा पनि दुई महिना लाग्न सक्छ । चीनबाट सामुद्रिक मार्गमार्फत् आउदाँ धेरै समय लाग्छ, स्थलमार्गबाट आउँदा धेरै महंगो हुन्छ । सीमामा आएर थन्किने सम्भावना पनि धेरै हुन्छ । त्यसमा प्रदेश सरकारको सहयोग चाहिन्छ । यता भारततर्फ सरकारले आधिकारिक पहल गरिरहेको छ । तर हामीले बुझ्दा भारतका वितरकले चार÷पाँच महिनासम्म अक्सिजन सिलिन्डर वितरण गर्न नसक्ने भनेर जवाफ दिइसकेका छन् । नेपालमा सिलिन्डर बन्दैन । त्यसकारण आयात गर्नुको विकल्प छैन । अर्को समस्या सरकारले त्यसमा पनि १५ प्रतिशत भन्सार शुल्क, ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अक्सिजन सिलिन्डरमा लगाउँछ (यी कर मिनाहा गर्र्ने प्रस्ताव अर्थ मन्त्रालयमा छ) । (शारडा नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष हुन् )