NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कास्कीमा बुधबारदेखि निषेधाज्ञा, सवारी साधनमा जोर–विजोर प्रणाली लागु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सोमबार यस्तो आदेश जारी गरेका हुन् । प्रशासन कार्यालयले संक्रमाकम रोग ऐन र स्थानीय प्रशासन ऐनअनुसार वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने आदेश गरेको हो । आदेशमा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै अत्यावश्यक सेवाबाहेक जिल्लाभित्र जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरप्लेटका सार्वजनिक तथा निजी सवारीमा मात्र सञ्चालन गर्न भनिएको छ । सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटपाथलगायतमा सञ्चालन हुने व्यवसायहरु बन्द हुनेछन् । विवाह, ब्रतबन्ध तथा अन्य घरायसी कार्जे पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ र १५ भन्दा बढी सहभागी हुन पाइने छैन । दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ । अरु पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द हुनेछन् । बैंक तथा वित्तिय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटल तथा रेष्टुराँले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्ने जिल्ला प्रशासन कार्यालद्वार जारी आदेशमा उल्लेख छ ।