NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

खोपका लागि लागेको भीडबाटै कोरोना संक्रमणको जोखिम [फोटोफिचर]

काठमाडाैं । सरकारले कोभिड-१९ विरुद्धकाे खोप अभियान चलाइरहेको छ । तोकिएका विभिन्न अस्पतालहरूबाट खोप लगाउने कार्य जारी छ । खोप अभियानअन्तर्गत प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकता परेका लक्षित समूहलाई गत १४ माघदेखि १० फागुनसम्म खोप लगाइएको थियो । दोस्रो चरणमा खोपको पहिलो डोज लगाएका उक्त समूहलाई ७ देखि ११ वैशाखसम्म दोस्रो डोज लगाइएको थियो । भारत सरकारले अनुदानमा दिएको र किनेकाे कोभिशिल्ड खोप सकिएपछि सरकारले चीन सरकारबाट अनुदानमा पाएकाे भेरोसेल खोप लगाउन थालेको छ । वैशाख १२ देखि काठमाडाैं उपत्यकाका १८-५९ वर्ष उमेर समूहका नागरिकलाइ कोभिडविरुद्धको पहिलो डोजको खोप लगाउन थालिएकाे छ । खोप लगाउन सरकारले विभिन्न अस्पताललाई केन्द्र तोकेको छ । जसअन्तर्गत अहिले काठमाडौंमा परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली, नेपाल मेडिकल कजेज, अत्तरखेल, काठमाडौं मेडिकल कलेज, सिनामंगल र हिमाल अस्पताल, ज्ञानेश्वरले खोप लगाइरहेका छन् । तर, खोप केन्द्रमा खोप लगाउनेको यति भीडभाड छ कि त्यहींबाट संक्रमणको जोखिम बढेको छ । भौतिक दूरीको पालना भएको देखिँदैन । काेचाकाेच हुने गरी उर्लेकाे भीड हेर्दा नागरिकहरूमा खाेपसम्बन्धी सचेतना भने बढेकाे अाकलन गर्न थालिएकाे छ । सरकारले भीड व्यवस्थापन गर्नेगरी खाेप अभियान चलाउनुपर्ने समेत अावाज उठ्रन थालेकाे छ । तस्बिरहरू सबै शालिक भट्ट :