NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

धमाधम बन्द गरिँदै जिल्ला : १३ जिल्लामा लकडाउन र निषेधाज्ञा घोषणा

काठमाडौं । कोभिड संक्रमण बढ्दै जाँदा यसको थप फैलावट रोक्न विभिन्न जिल्लाहरूले निषेधाज्ञा गर्न थालेका छन् । हालसम्म १३ जिल्लामा निषेधाज्ञा/लकडाउनको घोषणा भइसकेको छ । संक्रमण बढ्दै गएको स्थितिमा अन्य जिल्लाले पनि निषेधाज्ञा/लकडाउनको तयारी अघि बढाएका छन् । केही जिल्लाले यसअघि नै घोषणा गरिसके पनि मन्त्रिपरिषद्को निर्णयपछि निषेधाज्ञा/लकडाउन गर्ने क्रम बढेको छ । अहिले दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, बागलुङ, कालिकोट, कास्की, पर्सा, काठमाडौं, भक्तपुर र ललितपुरले निषेधाज्ञा/लकडाउन घोषणा गरिसकेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी तथा तराइमा पाँच सय र पहाडी क्षेत्रमा दुई सय सक्रिय संक्रमित पुगेका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अहिले १० जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् । यसमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रुपन्देही छन् । त्यस्तै, नौ जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् । ती जिल्लामा सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर छन् । निषेधाज्ञा/लकडाउन गरिएका क्षेत्रमा बाह्यमात्र होइन आन्तरिक गतिविधि र आवतजावत रोकिएका छन् । कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि सरकारले कडाइ थालेको हो । हालसम्म निषेधाज्ञा/लकडाउन घोषणा भएका जिल्ला : बाँके – १३ गतेदेखि २० गतेसम्म लकडाउन बर्दिया – १३ गतेदेखि १९ सम्म लकडाउन सुर्खेत – १४ देखि २१ गतेसम्म लकडाउन कैलाली – १६ गतेदेखि निषेधाज्ञा बागलुङ – बागलुङ नगरपालिका, १२, १३ र १४ मा ७ गतेदेखि १७ गतेसम्म निषेधाज्ञा कालिकोट – खाँडाचक्र नगरपालिका वडा नं. ११ मा, वैशाख १० देखि १७ गतेसम्म लकडाउन कास्की – १५ देखि २१ गतेसम्म काठमाडौं, भक्तपुर, ललितपुर – १५ दिन निषेधाज्ञा पर्सा – १६ देखि २२ गतेसम्म निषेधाज्ञा रुपन्देही – जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको दाङ – १७ देखि २५ गतेसम्म लकडाउन