NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

स्याउ जोन डोल्पाका प्रमुख २५ हजार घुससहित पक्राउ

सुर्खेत । स्याउ जोन कार्यलय डोल्पाका कार्यालय प्रमुख हस्तमुल्ला खाँ सेवाग्राहीबाट घुस लिंदालिंदै पक्राउ परेका छन् । खाँ सेवाग्राहीबाट २५ हजार घुस लिदै गरेको अवस्थामा प्रक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका सूचना अधिकारी रमेश गौतमले जानकारी दिए । गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको गौतमले जानकारी दिए । ‘स्याउ जोनका कार्यालय प्रमुख सेवाग्राहीबाट २५ हजार घुस लिदै गरेको अवस्थामा पक्राउ परेका छन् । थप स्थलगत रिपोर्ट आउन बाँकी छ ।’ अधिकारी गौतमले जनाए ।