NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अत्यावश्यकबाहेक सर्वोच्च अदालतका सेवाहरू बुधबारदेखि १५ दिन बन्द

काठमाडौं । अत्यावश्यक कामबाहेक सर्वोच्च अदालतका सेवाहरू बुधबारदेखि १५ दिन बन्द हुने भएका छन् । कोभिड १९ को संक्रमण फैलिँदै गएका कारण सेवा बन्द गर्नुपरेको सर्वोच्च अदालतले एक सूचना जारी गर्दै जानकारी गराएको छ । यो अवधिमा अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाईमात्र गर्नेभएको छ । यसबाहेकका अन्य कामकारवाही र सेवा भने बन्द हुनेछन् । त्यस्तै उच्च, जिल्ला, अन्य अदालत र न्यायाधीकरणहरूको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था मूल्यांकन गरेर उपयुक्त देखिएको कामकारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत र न्यायाधीकरणले मिलाउने निर्णय पनि सर्वोच्चले गरेको छ ।