NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पाँचथरमा युवा संघको वडा कमिटी गठन

काठमाडौं । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ पाँचथरले जिल्लाका आठवटै स्थानीय तहमा स्थानीय तहस्तरीय कमिटी गठन सम्पन्न गरेको छ ।संघले फिदिम नगरपालिकासहित सातवटै गाउँपालिकामा कमिटी गठन गरी पदाधिकारी तथा सदस्यको शपथग्रहण तथा ६० वटै वडामा वडा कमिटीका अध्यक्ष र सचिव चयन गरेको हो । वैशाख ३ गतेबाट पालिकास्तरीय युवा भेला तथा शपथग्रहण कार्यक्रम आयोजना गरी वैशाख १२ गते उक्त कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय युवा संघ पाँचथरका अध्यक्ष कमल थपलियाले जानकारी दिए । राष्ट्रिय युवा संघले फिदिममा ऋतुवर्ण तुम्बापोको अध्यक्षतामा ९१ सदस्यीय नगर कमिटी गठन गरेको छ । यस्तै फाल्गुनन्दमा सुरेन्द्र नेम्वाङको अध्यक्षतामा ६५ सदस्यीय, मिक्लाजुङमा कुमार खड्काको अध्यक्षतामा ८५ सदस्यीय, तुम्बेवामा निरसिंह खत्रीको अध्यक्षतामा ७७ सदस्यीय र कुम्मायकमा खगेन्द्र सम्बाहाम्फेको अध्यक्षतामा ६९ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको युवा संघले जनाएको छ । यस्तै हिलिहाङमा सूर्य योङहाङको अध्यक्षतामा १११ सदस्यीय, याङवरकमा ईश्वरी खरेलको अध्यक्षतामा १५१ सदस्यीय र फालेलुङमा मचिन्द्र जबेगूको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको संघका जिल्ला अध्यक्ष थपलियाले जानकारी दिए । राष्ट्रिय युवा संघका सचिव रामकाजी वान्तवा, केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज विनोद आङदेम्बे, केन्द्रीय सदस्य शान्ति राई, वीरेन्द्र मङ्ग्रातीसहित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु तथा एमालेका नेताको उपस्थितिमा भेला सम्पन्न भएको राष्ट्रिय युवा संघ पाँचथरले जनाएको छ ।