NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

सरकारी कार्यालयमा न्यूनतम कर्मचारीबाट काम गर्ने वातावरण मिलाउन निर्देशन

काेराेना भाइरसकाे महामारी नियन्त्रणका लागि काठमाडाैं उपत्यकासहित मुलुकका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भए पनि सरकारी कार्यालय सूचारु रहनेछन्। तर निषेधाज्ञा अवधिभर सरकारी कार्यालयमा न्यूनतम् कर्मचारी उपस्थित हुने र अन्य कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन निर्देशन दिइएकाे छ। बुधबार दिउँसो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले सो जानकारी दिए। सोमबार बसेको मन्त्रिवपरिषद् बैठकले निषेध आदेश भएका जिल्लाका सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयका प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यवस्था मिलाउनुपर्ने निर्देशन दिएको छ । त्यस्तै घरबाटै गर्न सकिने कामको हकमा ‘वर्क फर्म होम को व्यवस्था गर्न पनि मन्त्रिपरिषद् बैठकले निर्णय दिएको छ । साथै पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुखले कोभिड काज जनाउनुपर्ने सञ्चारमन्त्री गुरुङले जानकारी दिए।