NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

तनहुँमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।