NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

जहाँ मृतककाे अन्त्येष्टिका लागि समय पर्खिरहेछन् आफन्तहरू [फोटोफिचर]

काठमाडौं । कोरोना महामारीका अहिले भारतको अवस्था सबैभन्दा भयानक छ । कतै अक्सिजन नपाएर मानिसले ज्यान गुमाएका छन् भने कतै अस्पतालमा बेड नपाएर एम्बुलेन्समै मानिसहरु छटपटिरहेका छन् । अर्कातिर, अस्पतालमा बेड नपाएजस्तै एम्बुलेन्स पाउन पनि कठिन अवस्था सिर्जना भएको छ भारतमा । स्वास्थ्यकर्मीसमेत संक्रमणको यो स्थितिका कारण निकै दबाबमा छन् । महामारीको प्रकोप यतिसम्म भयावह भएको छ कि शवदाह गर्ने ठाउँसमेत नपाएर सडकमै मान्छे जलाउन बाध्य छन् । शोकाकुल परिवारलाई आफ्नै आफन्तको लासको अन्त्येष्टी गर्नसमेत समय पर्खिनु परेको छ । कोरोना संक्रमणको उच्च प्रकोपसँग जुघिरहेको भारतका विभिन्न ठाउँका तस्बिरहरु विभिन्न सञ्चार माध्यमले खिचेका छन् । महामारीको भयावहस्थित देखाउने केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ । तस्बिरः गेट्टी इमेज तस्बिरः गेट्टी इमेज तस्बिरः गेट्टी इमेज तस्बिरः सुमित कुमार तस्बिरः राेयटर्स तस्बिरः राेयटर्स तस्बिरः राेयटर्स तस्बिरः राेयटर्स तस्बिरः राेयटर्स तस्बिरः गेट्टी इमेज तस्बिरः इपिए तस्बिरः इपिए