NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

पूर्वरानी कोमलको अवस्था गम्भीर, श्वासप्रश्वासमा समस्या आएपछि आईसीयूमा भर्ना

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित बनेपछि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्व राधानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ । भारतको हरिद्वारमा लागेको कुम्भ मेलाबाट फर्किएपछि पूर्व राजा ज्ञानेन्द्र शाहसँगै कोमललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार अवस्था गम्भीर बनेपछि उनलाई आईसीयूमा अक्सिजन दिइएको छ । अहिले उनलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइने गरिएको छ ।