NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

भीडभाड नगर्न काठमाडौंका मेयरको अपील, समस्या आए सिधैं वडा अध्यक्षलाई सम्पर्क गर्न आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडाँैं उपत्यका भित्रको धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भीडभाड नगर्न महानगरबासीलाई अपील गरेका छन् । बिहीबार महानगरपालिकाबासीलाई अपील गर्दै प्रमुख बिद्यासुन्दर शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काडमाडौंभित्र द्रुत गतिमा फैलन सक्ने भन्दै सरकारले जारी गरेको सुचनालाई आधार मानी स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गरेका हुन् । उनले काठमाडौं महानरपालिका देशको प्रमुख सांस्कृतिक शहर भएका कारण मठ, मन्दिर लगायत धार्मिक स्थलहरुमा पूजापाठ गर्ने प्रचलन रहेको भन्दै धार्मिक स्थलमा भप्डभाड हुँदा संक्रमण फैलिने भएकाले ती स्थानहरुमा भीडभाड नगरिदिन अनुरोध गरेका हुन् । प्रमुख शाक्यले महानगरपालिका भित्र बसोबास गर्नेहरुमा कुनै प्रकारको स्वास्थ्य जटिलता आएमा हटलाइन ११८०, मोवाईल नम्बरहरु ९८४९८५६६७२, ९८४९८५६६७१ र कोरोनाका बिरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । अन्य कुनै समस्या भएमा सम्बन्धित वडाका वडाअध्यक्षहरुको नम्बरमा सिधै सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गरेका छन् ।