NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सिइडिबी हाइड्रोपावरको आइपिओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं । आजदेखि सर्वसाधारणलाई सेयर जारी गरेको सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लिएरिङका अनुसार आज साँझ ५ बजेसम्म ३ लाख ९० हजार १० जना आवेदकबाट ६५ लाख १३ हजार ९२१ कित्ताको लागि आवेदन परेको छ । कम्पनीले सर्वसाधारणको लागि प्रतिसेयर एक सय रुपैयाँमा २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर बिक्री खुला गरेको हो । यसअनुसार कम्पनीको सेयरमा पहिलो दिनमा नै मागभन्दा २.७८ गुणा बढी आवेदन परेको हो । सर्वसाधारणहरुले कम्पनीको सेयरमा छिटोमा बैशाख २१ गतेसम्म आवेदन दिनसक्ने छन् । कम्पनीले कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको हो । तर त्यसमा ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीको आइपिओमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिँदा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १५ लाख १८ हजार २ सय ३० कित्ताको लागि आवेदन दिनसक्ने छन् । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आइपिओलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १ सय ३८ दशमलव ७९ रुपैयाँ रहेको छ ।