NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोभिड-१९ विरुद्ध लड्न नेपाललाई एक अर्ब ३० लाख सहयाेग गर्दै अमेरिका

अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड-१९ विरुद्धको नेपालको लडाइँमा सघाउन सहायतास्वरुप रकम प्रदान गरिने बताए। उनका अनुसार अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत रकम उपलब्ध गराइन लागिएकाे हाे। नेपालमा काेभिडकाे दाेस्राे लहर तीव्र रुपमा फैलिरहेका बेला अमेरिकाले सहयाेग गर्न लागेकाे हाे। संक्रमण फैलन थालेपछि स्थानीय प्रशासनले काठमाडाैं उपत्यकासहितका कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिसकेका छन्।