NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अक्सिजन सिलिन्डरसहित आपतकालीन स्वास्थ्य सामग्री बाेकेर भारतका लागि उडे अमेरिकी विमान

अमेरिकाले भारतमा काेभिड-१९ नियन्त्रणका लागि आवश्यक पर्ने आपतकालीन स्वास्थ्य सामग्री बाेकेका थप तीनवटा विमान पठाएकाे छ। अमेरिकी सहयोग नियोग (युएसएआइडी) बाट जारी विज्ञप्ति अनुसार भारतका लागि प्रस्थान भएका यी विमानमा अक्सिजन सिलिन्डर र अक्सिजन आपूर्तिसँग सम्बन्धित उपकरण तथा स्वास्थ्य सम्बन्धी अन्य आवश्यक सामग्री रहेका छन्। यसमा करीब ९ लाख एन-९५ मास्क पनि छन्। अमेरिकाले यसअघि सहयाेगका लागि दुईवटा विमान पठाएकाे थियाे। भारत काेभिडकाे दाेस्राे लहरकाे संकटमा छ। राजधानी दिल्लीका अस्पतालमा समेत अक्सिजनकाे अभाव छ। दिल्ली राज्य सरकारले यसअघि फ्रान्सबाट अक्सिजन ल्याएकाे थियाे।