NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

गण्डकीमा थप आठ संक्रमितको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो । पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको थियो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होमआइसोलेसनमा बस्दै आएका थिए । पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया महिलाको शनिबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया महिला र वडा नम्बर–१० की उमेर खुल्न नसकेकी महिलाको शनिबार मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा। शर्माले बताए । ७३ वर्षीया महिलामा वैशाख १२ र उमेर खुल्न नसकेकी महिलामा वैशाख १६ गते संक्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो । पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा शनबिार मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय पुरुषको शनिबार बिहान १ः२२ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुषेको आइतबार बिहान १०ः३० बजे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।