NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

लुम्बिनीमा ट्वीस्ट : विमला वली माओवादीमा प्रवेश गरेसँगै पोखरेलको बहुमत गुम्यो

काठमाडौं । बिहान राजीनामा दिएर नयाँ सरकारका लागि बहुमत सुनिश्चित गरेका मुख्यमन्त्री शंकर पोखरेलको बहुमत धरापमा परेको छ । प्रदेश सांसद बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । फ्लोर क्रसको त्रासले राजीनामा दिएका मुख्यमन्त्री पोखरेलका लागि अब फेरि मुख्यमन्त्री बन्ने बाटोमा अवरोध सिर्जना भएको छ । वली माओवादीमा प्रवेश गरेसँगै एमालतर्फको बहुमत गुगेको छ । दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।