NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बेलझुण्डी कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु

काठमाडौं । कोरोना विशेष अस्पताल बेलझुन्डीमा आइतबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो । वैशाख १२ गते अस्पताल ल्याइएका उनको वैशाख १२ गतेदेखि उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनलाई निमोनियासमेत भएको थियो । यसै गरी तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार शनिबार मात्रै अस्पताल पुर्‍याइएका उनको एचडीयू बेडमा राखेर उपचार भइरहेको थियो ।