NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पोखरेलको सपथ रोक्न विपक्षीद्वारा प्रदेश प्रमुखकहाँ हार–गुहार

काठमाडौं । राजीनामापछि पुनः नियुक्त गरिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलको शपथ नगराउन प्रदेश सभाका ४० सांसदले प्रदेश प्रमुखलाई माग गरेका छन् । पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चा नेपालका सांसदले प्रदेश प्रमुखलाई भेटेर शपथ नगराउन माग गरेका हुन् । सांसदहरुले आफ्नो पक्षका ४० जनाको हस्ताक्षर बुझाउँदै अहिलेको एकल बहुमतको सरकार गठनको सम्भावना नरहेको बताएका छन् । प्रदेशसभामा ८१ सदस्य रहेको एमाले पक्षमा ४१ सदस्य रहेका थिए । तर, उपनिर्वाचनबाट चुनाव जितेकी विमला वलीले नेकपा माओवादी केन्द्रमा जाने प्रष्ट पारेपछि एमाले पक्षमा ४० सांसद भएका छन् । जसमा एमालेकै एक जना उपसभामुख पनि रहेका छन् । शपथ रोक्न माग गरेका संसदहरुले सभामुख र उपसभामुखले दल त्याग गरेका कारण उनीहरुले कसैको पक्ष लिन नमिल्ने र दलिय सदस्य समेत नहुने बताएका छन् ।