NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोरोना संक्रमण भयावह बन्दै, आज एकैदिन ७ हजार २११ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण देखिएको हो । यो संख्या नेपालमा देखिएको अहिलेसम्मकै उच्च संख्या हो । १६ हजार १४७ पीसीआर गर्दा ७ हजार १३७ जनालाई र ६२३ एन्टिजेन परीक्षण गर्दा ७४ जनागरी एकैदिनमा ७ हजार २११ जना कोरोनाबाट संक्रमित भएका हुन् । पछिल्लाे २४ घण्टामा २७ जनाकाे मृत्यु भएकाे छ ।