NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सोमबारदेखि आन्तरिक र बुधबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सोमबारदेखि आन्तरिक र बुधबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण तीव्र रुपमा फैलिएको अवस्थालाई ध्यान दिँदै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातदेखि आन्तरिक उडान र वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने भएको छ । फाइल तस्बिर