NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोभिड संकट नियन्त्रणका लागि सरकारले तोक्यो सातै प्रदेशमा ‘फोकल मन्त्री’

काठमाडौं । संघीय सरकारले कोभिड– १९ (कोरोना भाइरस) को महामारी रोकथाम तथा नियन्त्रणका लागि सातवटै प्रदेशहरुमा समन्वय गर्न संघीय मन्त्रालयका मन्त्रीहरुलाई संयोजक तोकेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसँग समन्वय र व्यवस्थापन गर्दै महामारीविरुद्धको लडाइँमा आवश्यक पर्ने नीतिगत सहयोगका लागि संघीय सरकारले सातजना फोकल मन्त्री तोकेको हो । यी मन्त्रीले पाए संयोजकको जिम्मेवारी : –प्रदेश १ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे –प्रदेश २ : सहरी विकासमन्त्री प्रभु साह –बागमती प्रदेश : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ –गण्डकी प्रदेश : कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्याल –लुम्बिनी प्रदेश : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली –कर्णाली प्रदेश : वन तथा वातावरणमन्त्री प्रेम आले –सुदूरपश्चिम प्रदेश : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट