NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

निषेधाज्ञा पूर्ण कार्यान्वयन भएको छ : काठमाडौ सिडिओ

काठमाडौ । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा पूर्ण रुपका कार्यान्वयन भएको भन्दै सन्तोष व्यक्त गरेका छन् । उनी निषेधाज्ञा कार्यान्वयनको अवस्था हेर्न बुधबार काठमाडौँका विभिन्न ठाउँ पुगेका थिए । त्यही क्रममा काठमाडौ प्रवेशको मुख्य प्रवेशद्धार नागढुंगा पुगेपछि उनले नागरिकले निषेधाज्ञाको नियमहरु पूर्ण रुपमा पालना गरेको पाएको प्रतिक्रिया दिएका हुन् । जेठ १४ गतेदेखि २० गतेसम्म राजधानीमा निषेधाज्ञा कडाई गरेपछि कतिपय थप अत्तालिएको भन्दै उनले चिन्ता नगर्न आग्रह गरे । ‘मानिसहरु खानै नपाईने हो कि भनेर आत्तिनु भएको छ, तर त्यस्तो हुँदैन, हामीले कोहि पनि भोकै बस्नु नपर्नेगरी व्यवस्था मिलाएका छौँ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । बिहान बेलुकी छाक टार्न समस्या पर्नेहरुलाई काठमाडौं महानगरपालिकाले राहत उपलब्ध गराउने उनले बताए । ‘आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालय मार्फत् त्यस्तो व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ । कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन । ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रवन्ध पनि गर्छौ ।’ पराजुलीले भने । यस्तै समस्यामा पर्नेले सम्बन्धित स्थानीय तह वा नेपाल प्रहरीको १०३ मा सम्पर्क गरेर समस्या राखे समाधान गरिने पनि उनले बताए । सिडिओ पराजुलीले खाद्यान्नको पर्याप्त मौज्दात रहेकाले चिन्ता नगर्न आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी पराजुलीले किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राधास्वामी सत्संग ब्यास नेपाल र मनमोहन अस्पतालमा निर्माण भइरहेको आइसोलेसन सेन्टरको निरिक्षण गरेका थिए । https://youtu.be/QyEvIoL5Uaw