NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोना महामारीकाबीच बजेटमा स्वास्थ्य क्षेत्रमा कस्ता कार्यक्रम आए ?

काठमाडौं । कोरोना महामारीबीच अध्यादेशमार्फत आएको आर्थिक वर्ष ०७८७९ को बजेटमा सरकारले स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्षको बजेटमा सरकारले कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणालीलाई विशेष प्राथमिकता दिइएको छ । जस अन्तर्गत कोरोना भाइरस विरुद्धको खोप पनि मुख्य प्राथमिकतामा परेको छ । यस्ता छन् सरकारले स्वास्थ्य क्षेत्रमा ल्याएका कार्यक्रम – कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन – कोरोना उपचार तथा नियन्त्रणका लाथि थप ३७ अर्ब ५३ करोड बजेट विनियोजन – संक्रमितको उपचारका लागि आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब – कोरोना संक्रमण कायम रहेको अवस्थासम्म उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता निरन्तर दिइने । महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता वृद्धि – औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ विनियोजन । कोरोनाविरुद्धको औषधि आयातमा लाग्ने भन्सार महशुलमा पनि छुट दिने – विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन, अल्जाइमरलगायतका रोगको उपचारका लागि हालको अनुदानले निरन्तरता पाउने ।त्यस्तै १४ वर्षमुनिका बालबालिका तथा ७० वर्षमाथिका जेष्ठ नागरिकको मुटु रोगको निशुल्क उपचार सुविधा दिनका लागि २ अर्ब ५० करोड बजेट विनियोजन – कोरोना रोकथामका लागि सबै स्थानिय तहमा क्वारेन्टिन, होल्डिङ सेन्टर, आइसोलेसन तथा जनशक्तिको व्यवस्था गरिने – कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाहरुको लागि घुम्ती सेवा, कल सेन्टर, मनोपरामर्श, अक्सिजन लगायतको सेवा निशुल्क उपलब्ध गराइने – ४० वर्ष उमेर समूह माथिका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निस्शुल्क परीक्षण गरिने ।आगामी वर्ष तीन प्रदेशको नौ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरूद्ध खोप कार्यक्रम सञ्चालन गरिने छ भने ४० वर्ष माथिका नागरिकले वर्षमा एकपटक निःशुल्क रक्तचाप, पिसाब र रगतमा ग्लुकोज जाँच गर्न पाउने –वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण गरिनेछ । तीन वर्ष भित्र सेवा सञ्चालन गरिने गरी निर्माण सम्पन्न गरिने