NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अवरुद्ध मध्यपहाडी राजमार्ग पुनःचालू

कुश्मा । लगातारको वर्षाका कारण अवरुद्ध मध्यपहाडी राजमार्गको पर्वत–बागलुङ खण्ड पुनःचालू भएको छ । कुश्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखि नै बाटो बन्द भएको थियो । निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएपछि आज अपराह्नदेखि मात्र चलाइएको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।