NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बाबुराम भट्टराई भन्छन्, ‘समयले ध्रुविकरण मागेको छ, मान्छे किनबेज र तानातानको तमासा नगरौं, भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊ’

काठमाडौं । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समयले ध्रुविकरण मागेको बताएका छन् । पछिल्लो राजनीतिक घटनाबारे सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै डा. भट्टराईले विभार, पार्टी र नेतृत्वको पछिल्ला अभिव्यक्तिहरु देख्दा समयले ध्रुविकरण मागेको दावी गरेका छन् । आइतबार राति ट्वीट गर्दै नेता भट्टराईले ध्रुविकरणको समय आइसकेकाले मान्छे तानातानमा नलाग्न सबै दल र शीर्ष नेतालाई आग्रह गरेका छन् । साथै उनले नयाँ निर्माणका लागि पुरानो परिपाटी भत्किनै पर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो । नयॉ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ। समयले नयॉ ध्रुवीकरण खोज्दैछ ।’ जसपाभित्र दुई खेमा फुटको संघारमा पुगेका बेला भट्टराईले मान्छे किनबेचको तमासा नगर्न अनुरोध गरेका छन् । उनले अघि भनेका छन्, ‘अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊॅ ।’ उनले अहिलेको अवस्थामा सौहार्दपूर्ण तरिकाले हाल मिलाएर आ–आफ्नो बाटो लाग्न पनि अनुरोध गरेका छन् । उनको यस्तो अभिव्यक्तिले जसपाभित्र पनि अब आ–आफ्नो बाटो लाग्ने तयारी भएको बुझ्न सकिन्छ । उनले भनेका छन्, ‘हात मिलाएर आ–आफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेटहुनेछ !’ अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाॅ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयाॅ ध्रुवीकरण खोज्दैछ।अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ!— Baburam Bhattarai (@brb1954) May 30, 2021