NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एकको मृत्यु

धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको कालो ढुसीका कारण मृत्यु भएको हो । उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।