NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु

धनगढी । नेपालमा पहिलोपटक कालो ढुसी (ब्लाक फंगस)को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस (कालो ढुसी) संक्रमितकाे मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका–६ तुलसीपुरका ६५ वर्षीय पुरुषको उक्त समस्याका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।