NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

माधव नेपालले आँट गरेर एमाले फुटाए साथ दिन्छु, ओलीतिर जाँन्न : वामदेव गौतम

काठमाडौं । नेकपा हुँदै एमालेको उत्कर्ष विवादमा कुनै समूहमा नखुलेका वामदेव गौतमले पार्टी फुटे माधव नेपाललाई साथ दिने दोहोर्याएका छन् । यस अघि सामाजिक संजालमार्फत् पार्टी फुट्दा नेपाललाई साथ दिन बताएका गौतमले फेरि माधव नेपालले एमाले फुटाए ओलीलाई साथ नदिने बताएका हुन् । माधव नेपाल–झलनाथ खनाल पक्षले बिहीबार गरेको भर्चुअल बैठकमा गौतमले यस्तो बताएका हुन् । तर, नेपालतिर लाग्न उनले शर्त अघि सारेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘एमालेमा अध्यक्षको संसद विघटनदेखि पार्टीमा गरेका अरु गतिविधि ठीक छैनन् । अवैधानिक छन् । कतिपय विषयमा माधवजीहरुका क्रियाकलापप्रति पनि मेरो असहमति छ मैंले यस अघि पनि भनिसेकेको छु । यदि माधव कुमार कमरेडले आँट गरेर एमाले विभाजन गर्नुहुन्छ भने म दायाँबायाँ गर्दिन उहाँलाई साथ दिन्छु । ओलीतिर जाँन्न यो मेरो पहिलेदेखिैकै वचन हो ।’ भर्चुअल बैठकमा सहभागीहरुले वामदेवलाई आफ्नो कित्ता क्लियर गर्न पनि सुझाएका थिए ।