NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

काँग्रेसले कर्णाली सरकारमा जाने मन्त्रीको टुङ्गो लगायो, भोली सपथ हुने

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभादलले कर्णाली सरकारमा सहभागी हुने दुईजना सांसदको नाम टुङ्गो लगाएको छ । कांग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको छ । बिहीबार साँझ बसेको संसदीय दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए । ‘बैठकले बिसी र श्रेष्ठको नाम सिफारिस गरेका छ’ शाहीले भने, शपथ भोलिमात्रै हुन्छ ।’ कांग्रेसले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीका लागि सरकारलाई सिफारिस गरेको हो । गएको वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी हुन लागेको हो।