NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अब अमेरिकाबाट पनि खोप आउने

काठमाडौं । अमेरिकाल नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । हालसम्म कति डोज खोप उपलब्ध गराउनेबारे तथ्य नखुलेपनि घोषणा भइसकेको हो । अमेरिकाले नपालसहित १६ एसियाली मुलुकमा खोप सहयोग गर्न लागेको हो । गएको हप्ता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप सहयोगको लागि पत्राचार गरेकी थिइन् । अमेरिकासँगै नेपालले खोप उत्पादन गर्ने सबै मुलुकलाई सहयोगका लागि पत्राचार गरेको थियो । यसअघि नेपाललाई भारतले दश लाख र चीनले १८ लाख डोज खोप अनुदानमा दिइसकेका छन् ।