NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नागरिकता अध्यादेशविरुद्धका रिटमाथि सुनुवाइ गर्न वरिष्ठताका आधारमा इजलास गठन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् । प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ चौथो नम्बरमा छन् । तर उनी संवैधानिक इजलासमा परेका छैनन् । श्रेष्ठ होम आइसोलेसनमा रहेकाले उनी पछाडिको वरियतामा रहेका खतिवडा इजलासमा परेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।