NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

वनमन्त्री आलेदेखि उद्योग राज्यमन्त्री विकसम्म : जो मन्त्री बनेको पाँच महिनामै बाहिरिए

काठमाडौं । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रुपमा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा अधिकांश पुराना मन्त्री हटाएर त्यसको ठाउँमा नयाँ मन्त्री नियुक्त गरिएको छ । पाँच महिना पहिले नियुक्त भएका एक जना राज्यमन्त्रीसहित चार जना मन्त्रीको पद पनि मन्त्रीपरिषद् पुनर्गठनसँगै गुमेको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो र उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्मा मन्त्रिपरिषद्बाट बाहिरिएका छन् । उनीहरुसहित नौ जनालाई गत १० पुसमा प्रधानमन्त्री ओलीले मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले संसद् भंग गरेपछि तत्कालीन नेकपाका प्रचण्ड र माधव नेपाल पक्षका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । उनीहरुको स्थानमा नयाँ मन्त्री नियुक्त गरिएको थियो । आजको मन्त्रिपरिषद् पुनर्गठनसँगै १० पुसमा नियुक्त गरिएका सबै मन्त्री बाहिरिएका छन् । तत्कालीन नेकपा टुक्रिएपछि नयाँ सत्ता समिकरणमा जसपाको एउटा हिस्सा पनि समेट्न प्रधानमन्त्रीले साविकका अधिकांश मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।