NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सन्धिखर्कमा खोलामा डुबेर मृत्यु

काठमाडौं । सन्धिखर्कमा बागी खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । सन्धिखर्क –११ माटेस्थित बागी खोलामा निर्माणाधीन पक्की पुलको नजीकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुलबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । उनन्चास वर्षीय कुमाल माटेस्थित आफ्ना खेतमा धानको बीउ राख्ने काम सकेर घर फर्कँदै गर्दा एक्कासि लड्न पुग्दा पानीमा डुबेर मृत्यु भएको बताइएको छ ।