NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रदेश २ लोकसेवा आयोगले माग्यो उपसचिवसहित २८ कर्मचारी

काठमाडौं । प्रदेश २ को लोकसेवा आयोगले उपसचिवसहित २८ जना कर्मचारीको लागि आवदेन माग गरेको छ । बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो । प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ ।