NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

गृहमन्त्रीमा चर्चा पाएका महेश बस्नेतले मन्त्री नै नबनेपछि भने- गुट फेर्दिन भ्रममा नपर्नुहोला

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पटकपटक मन्त्रिमण्डल विस्तार गर्दा पनि नपरेका महेश बस्नेतको यसपटक गृहमन्त्रीमा दाबी थियो । तर, धेरेका अपेक्षा बमोजिम प्रधानमन्त्रीले बस्नेतलाई गृहमन्त्री बनाएनन् । गृहको जिम्मा खगराज अधिकारीलाई दिए । तर, प्रधानमन्त्रीले आफूलाई मन्त्री नबनाए पनि बस्नेतले असन्तुष्टि व्यक्त गरेनन् । सामाजिक संजालमा लेख्दै उनले मन्त्रीमा आफ्नो नामको चर्चा हुनु सामान्य भए पनि मन्त्री नबन्दा पनि आफू बेखुशी नहुने बताएका हुन् । ‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्। पार्टी निति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्। हो , मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन । मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु ।जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि’ उनले भनेका छन्, ‘कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा कोही नपरौ म जहाँछु तेही रहनेछु र म जे छु तेही छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अबसर्बादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा महिले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुनेनैछ्। पटक , पटक अग्नि परिक्षामा होमिन तयार छु।’